धरान एन्फा क्वारेनटाइनलाई ५५ बेडको आइसोलेसन बनाईदै

सुनसरी । सुनसरीको धरान १७ एन्फा क्वारेनटाइनलाई ५५ बेडको आइसोलेसन बनाइने भएको छ ।
क्वारेनटाईन शुक्रबारबाट सञ्चालनमा आउने गरी ५५ बेड मध्येमा २० देखि २५ वटा अक्सिजन सिलिन्डर सहितको बेड तयारी गर्न लागिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताउनुभयो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बेड अभाव भइरहेको अवस्थामा लक्षण सहितका कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि आइसोलेसन अहिले तयारी भइरहेको धरान १७ का वडाध्यक्ष तथा एन्फा क्वारेनटाइन व्यवस्थापन समितिका संयोजक मनोज भट्टराईले बताउनुभयो ।
नेपाल सरकारले क्वारेनटाइनलाई आइसोलेसन बनाउनु पर्ने भनिरहेको बेला धरानमा पनि कोरोना सङ्क्रमितहरू लक्षण देखिएका सामान्य बिरामीलाई राख्नका लागि आइसोलेसन बनाउन लागिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताउनुभयो ।
गम्भीर प्रकृतिका बिरामीलाई मात्रै अस्पतालमा रेफर गर्ने गरी आइसोलेसन तयार भएको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्