जुम्लामा सुपथ मुल्य पसल सञ्चालन
जुम्ला । दशैं तिहार नजिकिदै जाँदा जुम्लामा पनि चाडपर्व लक्षित सुपथ मुल्यका सपल सञ्चालन गरिएको छ ।
थोरै मुल्य कम गर्दा पनि विपन्न नागरिकलाई राहत हुन्छ भन्ने सोचका साथ जुम्लामा सुपथ मुल्यको पसल सञ्चालन गरिएको हो ।
जुम्लाका अधिकांश स्थानीय खाद्य संस्थानकै चामलमा निर्भर भएकोले पनि चाडपर्व लाई लक्षित गर्दै सञ्चालन गरिएको सुपथ मुल्य पसलबाट धेरै विपन्न नागरिकले राहत पाउने जुम्ला खाद्य शाखा प्रमुख तिलक सुनारले बताउनुभयो ।
दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाले बुधबारदेखि आउदो मंसिर ६ गतेसम्म करिब साँढे दुईमहिना सुपथ मुल्य पसल सचालन गरिने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्