तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री भट्टद्वारा सुपथ मुल्य पसलको अनुगमन

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले सञ्चालन गरेको सुपथ मुल्य पसलको अनुगमन गर्नुभएको छ ।

दशै तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज १५ गतेबाट सुरु गरिएको सुपथ मुल्य पसलमा आज मन्त्री भट्टले अनुगमन गर्नुभएको हो ।

मन्त्री भट्टले नुन प्याकिङ उद्योग, नुन गोदाम, रासायीनिक मलखाद गोदाम र बिक्रि कक्षको अनुगमन गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका नायव महाप्रबन्धक केशब प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

मन्त्री भट्टले अनुगमनपछि सबै जिल्लामा सुपथ मुल्य पसल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो ।

मन्त्री भट्टले निर्देशन दिएलगत्तै अत्तरियामा पनि बिहिबारबाट सुपथ मूल्य पसल सुरु हुने भएको छ । अत्तरिया स्थित साल्ट ट्रेडिङ डिपोमा बिहिबारबाट सुपथ मुल्य पसल सुरु हुने पाण्डेयले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button