बैंक कर्मचारी भन्दै ठगी गर्ने एक जना पक्राउ
बाजुरा । राष्ट्रिय बाणिज्य बैकको कर्मचारी हुँ भन्दै ठगी गर्दै हिड्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङ् जिल्ला साबिकको पाटादेवल गाविस वडा न ४ का देवराज थापा रहेका छन् । जिल्लाका विभिन्न ठाउँमा ठगी गर्दै हिड्ने थापालाई प्रहरीले सार्वजनिक गरेको हो ।
थापाले बाजुराका केही स्थानीयहरुलाई बिना धितो ऋण उपलब्ध गराईदिन्छु भन्दै ठगी गरेको सुचना प्राप्त भएको थियो । केही दिन अगाडी त्यो खवर पाइसकेपछी जिल्ला प्रहरी कार्यालय बाजुराको पहलमा बझाङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्