बङ्गलादेशको मुद्रास्फीति दरमा सामान्य गिरावट

ढाका । बङ्गलादेशमा अक्टोबर महिनामा मुद्रास्फीति घटेर ८.२७ प्रतिशतमा झरेको छ । सेप्टेम्बरमा मुद्रास्फीति ८.३४ प्रतिशत रहेकोमा अक्टोबरमा ०.०७ प्रतिशत बिन्दुले घटेको सरकारी तथ्याङ्कले जनाएको छ ।
नयाँ तथ्याङ्कअनुसार खाद्य पदार्थको मुद्रास्फीति उल्लेख्य रूपमा घटेको छ । सेप्टेम्बरमा ७।२२ प्रतिशत रहेको खाद्य मुद्रास्फीति अक्टोबरमा घटेर ६.४ प्रतिशतमा पुगेको छ ।
तर गैरखाद्य वस्तु तथा सेवाको मुद्रास्फीति भने बढेको छ। सेप्टेम्बरमा ९।३ प्रतिशत रहेको गैरखाद्य मुद्रास्फीति अक्टोबरमा बढेर ९.८९ प्रतिशत पुगेको छ ।
यसअघि जुन ३० मा बङ्गलादेशको संसद्ले आर्थिक वर्ष २०२६र२७ का लागि ९.३८ ट्रिलियन टाका (करिब ७७ अर्ब अमेरिकी डलर) बराबरको राष्ट्रिय बजेट पारित गरेको थियो । यो बङ्गलादेशको इतिहासकै ठुलो बजेट हो ।
उक्त बजेटमार्फत सरकारले मुद्रास्फीति ७।५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । अक्टोबरमा समग्र मुद्रास्फीति घटे पनि गैरखाद्य वस्तु तथा सेवाको मूल्यवृद्धि बढ्नुले मूल्य स्थिरतामा चुनौती कायमै रहेको देखाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्