तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी । इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक कोशी लोकमार्गमा गए राति पौने १२ बजे दुर्घटना भएको हो।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button