सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १०:०० बजे पहिरो खसेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् । रासस









प्रतिक्रिया राख्नुहोस्