तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी महानिरीक्षकमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै रिक्त हुने महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

प्रवक्ता पोखरेलले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह तथा सुझाव दिन नेपाल प्रहरीको महानिरीक्षक स्तरको विशेष सुरक्षा पद प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रवक्ता पोखरेलले वर्तमान परिस्थितिमा देशमा शान्ती सुरक्षाको व्यवस्थालाई सुदृढ गर्न महानिरीक्षक कार्कीको जिम्मेवारी हेरफेर गरेर प्रधानमन्त्रीको सल्लाहकारका रुपमा ल्याइएको स्पष्ट पार्दै यो कारबाही वा सरुवा बढुवा नभएको समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button