बूढीगण्डकी बाढी: ३६ जनाको उद्धार
काठमाडौँ। बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार धार्चे क्षेत्रका विभिन्न स्थानबाट हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकाहरूमा जगत गाउँबाट ६ जना, न्याकफेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जना रहेका छन्।









प्रतिक्रिया राख्नुहोस्