परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ I संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशङ्करबीच आज भेटवार्ता भएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले दर्शाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको राहत सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
मन्त्री खनालको सचिवालयका अनुसार सो अवसरमा दुवै मन्त्रीबीच नेपाल–भारत सम्बन्धका विविध आयाम तथा आपसी हितका विषयमा फलदायी छलफल भएको छ। भेटमा दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ एवम् मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यलाई अझ मजबुत लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। रासस








प्रतिक्रिया राख्नुहोस्