लुम्बिनीमा १७ औँ विश्व शान्ति मञ्च सुरु
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा १७ औँ विश्व शान्ति मञ्च सुरु भएको छ । ‘२१ औँ शताब्दीमा शान्तिको पुनर्कल्पना’ मुख्य विषय रहेको तीनदिने अन्तर्राष्ट्रिय कार्यक्रम बुधवारसम्म सञ्चालन हुनेछ ।

काठमाडौँको धुम्बाराहीस्थित लुम्बिनी विश्व शान्ति मञ्च र लक्जम्बर्गस्थित इन्टरनेशनल सेन्जेन पिस फाउण्डेशनको संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो । आयोजकका अनुसार दक्षिण एसियामै पहिलोपटक लुम्बिनीमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जलवायु न्याय, दिगो विकास र पर्यटन विकास लगायतका विषयमा छलफल हुने लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक तथा अध्यक्ष वासुदेव गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि मञ्चका कार्यक्रम स्पेनको बार्सिलोना र दक्षिण अफ्रिकामा आयोजना भइसकेका छन् ।
मञ्चमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूको सहभागिता रहेको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि प्रणव गुप्ता, इन्टरनेशनल सेन्जेन पिस फाउण्डेशन (लक्जम्बर्ग) का अध्यक्ष विक्की हानसेन, इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (अस्ट्रेलिया) का संस्थापक कार्यकारी अध्यक्ष स्टिफ केल्ली एएम, भुटान पर्यटन परिषद्का निर्देशक दाशो दोर्जी धादुल तथा डा. वोल्फगाङ जर्ज आल्र्ट लगायत सहभागी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्