तपाईँ सुन्दै हुनुहुन्छः

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । 

जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।

हङकङले नेपालमाथि पहिलो सेटमा २५–२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५-१९ ले आफ्नो पक्षमा पार्‍यो । 

त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८–२६ को जित निकाल्यो । अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button