तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी: १ हजार ४५१ जनाको शव फेला, ४ हजार ६५५ अझै बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार साँझ ५ बजेसम्म एक हजार ४ सय ५१ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। काठमाडौँमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।

फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका एक हजार ३७१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी परिचालन गरिएको छ। बेपत्ता ४ हजार ६५५ जनाको खोजी कार्य जारी छ।

यसैगरी, विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा एक हजार ३४२ जना राखिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button