बाढी प्रभावित ठाउँमा उद्धार तथा खोजी कार्य जारी, अझै ४ हजार २ सय बेपत्ता
काठमाडौँ । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीमा परेकाहरूको उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ ।

भोटेकोशी बाढि प्रभावितको उद्धार राहतका सम्बन्धमा जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा बाढीमा बेपत्ता भएका तथा टनेल भित्र फसेकाहरूको उद्धारका लागि एडभान्स ड्रोन, ड्रीलिन मेसिन, शव राख्ने रेफ्रिजेटर लगायतका सामग्रीहरु आवश्यक रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो ।
प्रवक्ता क्षेत्रीले हालसम्म नेपाल, भारत, चिन, कोरिया लगायत देश भित्रका विभिन्न रेक्यु टिमद्वारा बाढि प्रभावित क्षेत्रबाट ९ सय ३ शव निकालिएको र ३ सय २३ विदेशी नागरिकसहित १० हजार बढी मानिसको उद्धार गरिएको पनि जानकारी दिनुभयो ।
यस्तै उपलब्ध तथ्याङ्कअनुसार ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको बताइएको छ ।
मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल पर्यटन बोर्ड लगायत सम्बन्धित निकायबाट प्राप्त थप प्रमाणित विवरणहरू नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्