तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको बाढीपछि सिन्धुपाल्चोकका २२४ भन्दा बढी सम्पर्कविहीन

सिन्धुपाल्चोक । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका सिन्धुपाल्चोकका २४४ जना व्यक्ति सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीनका आफन्तले सामाजिक सञ्जालमार्फत आफ्ना परिवारका सदस्यको खोजी तथा उद्धारका लागि सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सङ्कलन गरेको विवरण अनुसार हालसम्म जिल्लाका २२४ जना सम्पर्कविहीन रहेको र यो संख्या अझै बढ्न सक्ने जनाएको छ ।

सिन्धुपाल्चोकबाट व्यापार–व्यवसाय, रोजगारी, नोकरी, धार्मिक यात्रा तथा सवारी चालकका रूपमा काम गर्न लामो समयदेखि रसुवाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका सिन्धुवासीहरू बाढीबाट प्रभावित भएका हुन् । विशेषगरी सिन्धुपाल्चोकस्थित तातोपानी नाका लामो समयदेखि विभिन्न कारणले प्रभावित भएपछि त्यहाँ आश्रित धेरै व्यक्ति केरुङ नाकातर्फ स्थानान्तरण भएका थिए ।

उनीहरूमध्ये धेरैजना स्याफ्रुबेंसी, टिमुरे लगायतका बाढी प्रभावित क्षेत्रमा बसोबास गर्दै आएको उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकबाट करिब ४ सय जनाको हाराहारीमा उक्त नाका आसपासमा कार्यरत छन् । उहाँले प्रभावित क्षेत्रमा रहेका सिन्धुपाल्चोकवासीको अवस्था यकिन गर्न तत्काल खोजी तथा उद्धार अभियान तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button