तपाईँ सुन्दै हुनुहुन्छः

‘एक झुल्को घाम’ लोकार्पण

भक्तपुर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आज मध्यपुरथिमिमा कवि सूर्यप्रसाद लाकोजूको कविता सङ्ग्रह ‘एक झुल्को घाम’ को लोकार्पण गर्नुभएको छ । 

कार्यक्रममा कलाकार श्रेष्ठले साहित्यकार राष्ट्रिय गौरव भएको बताउँदै साहित्यले देशको यथार्थ बोल्ने बताउनुभयो । उहाँले नेपाली साहित्यको भण्डारणमा एउटा नयाँ कृति थपिएको चर्चा गर्नुभयो ।

लोकार्पण समारोहमा समालोचकद्वय डा ज्ञानु अधिकारी र रमेशचन्द्र अधिकारीले ‘एक झुल्को घाम’ माथि समीक्षात्मक टिप्पणी गर्दै कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे चर्चा गर्नुभयो ।

कृतिका सर्जक लाकोजूले आफ्नो सिर्जना यात्रा, कविता लेखनको पृष्ठभूमि तथा ‘एक झुल्को घाम’ तयार हुँदासम्मका अनुभवबारे चर्चा गर्नुभयो । साहित्यकार वसन्त नकर्मी, राजुराम मुनकर्मीलगायतले कविता सङ्ग्रहको समीक्षा गर्दै समाज परिवर्तनको संवाहक बन्ने बताउनुभयो । 

कार्यक्रममा बुद्धिकृष्ण घो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रहेना मानन्धर नकर्मीलगायतका कविहरूले कृतिमा समेटिएका कविता वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button