फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु
मनिला। मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियाले शुक्रबार जनाएका छन् । इलोइलो प्रान्तमा सन् २०२५ को सोही अवधिमा यस रोगबाट मृत्यु हुनेको सङ्ख्याभन्दा दोब्बर छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार बासिन्दालाई जोखिमको सामना गर्नु पर्दा प्रोफिलेक्सिस वा निवारक एन्टिबायोटिक लिन आग्रह गरिएको छ । लेप्टोस्पाइरोसिस एउटा ब्याक्टेरियाबाट पैmलिने रोग हो जुन जनावरको पिसाबबाट फैलिन्छ, मुख्यतया मुसाको पिसाबाट मानिसमा फैलिएको जनाइएको छ, जसले मानिसलाई दूषित पानी वा माटोको सम्पर्कमा आउँदा सङ्क्रमित गराउँछ ।
यस प्रान्तमा यस वर्षको जनवरी ४ देखि अगस्ट ८ सम्म ८४ वटा सङ्क्रमित घटना दर्ता भएका छन्, जसमध्ये ३२ वटा कृषिसँग सम्बन्धित छन् भने अधिकांश सङ्क्रमित बाढी प्रभावित क्षेत्रमा दर्ता भएका छन् । रासस/सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्