तपाईँ सुन्दै हुनुहुन्छः

इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा

अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनुभएको छ । 

राष्ट्रपति ट्रम्पले  सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नहरेको उल्लेख गर्नुभएको छ । 

यसैबीच ट्रम्पले होमुर्जको जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको तथा  होर्मुज पूर्ण रुपमा खुला र निर्बाध रुपमा सञ्चालनमा रहेको पनि बताउनुभएको छ ।

ट्रम्पका टिप्पणी विशेष दूत जारेड कुशनरले ‘फक्स न्यूज’सँग अमेरिकी सरकार र इरानी सरकारका विभिन्न निकायबीचको वार्ता अहिले पहिलेभन्दा बढी सक्रिय रहेको बताएपछि आएका हुन् । यद्यपि, उहाँले वार्ताबाट अहिलेसम्म कुनै सहमति भइनसकेको सङ्केत गर्नुभएको छ ।

होर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिकाबीच परस्पर विरोधी धारणा सार्वजनिक भएका छन् । इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउनेलगायत समझदारीपत्रमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुला नगर्ने अडान दोहोर्‍याएको छ ।

यसैबीच कुशनरले भने अमेरिकी सरकार र इरानी सरकार भित्रका विभिन्न पक्षहरू र विभिन्न तहमा भएको वार्तालाई वर्णन गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button