पूर्व प्रधानमन्त्री ओलीद्वारा जनकवि श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली तथा नेपाल भाषाका चर्चित जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुढानीलकण्ठस्थित निवासमै पुगी श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । उहाँले जनकवि श्रेष्ठले नेपाली र नेपाल भाषामा दर्जनौँ कालजयी कृतिको सिर्जना गर्नुका साथै आफ्ना सुमधुर गीत, कविता र साहित्यिक सिर्जनामार्फत साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा पुर्याउनुभएको विशिष्ट योगदान सदा स्मरणीय रहने बताउनुभयो। शोकको यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँले शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण साहित्यिक क्षेत्रप्रति हार्दिक समवेदना समेत व्यक्त गर्नुभएको छ।
नेपाली साहित्यका वरिष्ठ जनकवि तथा गीतकार दुर्गालाल श्रेष्ठको बुढानीलकण्ठस्थित निवासमै निधन भएको हो।








प्रतिक्रिया राख्नुहोस्