तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । 

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो ।

तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपराह्न नेपाल आइपुग्नुभएको हो । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवम् नेपालका लागि भारतका राजदूतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button