तपाईँ सुन्दै हुनुहुन्छः

करिब दुई हजार १ सय किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

डाक्नेश्वरी–६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले लागुऔषध लुकाइ राखिएको भन्ने विशेष सूचना पाएपछि भोला र मङ्गलको घर तलासी गर्दा उक्त मात्रामा गाँजा जस्तो देखिने पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button