अब ल्याइने विधेयकको मस्यौदा विषय विज्ञले गर्ने : मन्त्री पुन
काठमाडौँ । सरकारले अव ल्याउने विधेयकका मस्यौदा तयार गर्न विषय विज्ञ लगाउने भएको छ ।
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सम्बन्धित विषयमा विज्ञता भएका व्यक्तिहरूबाट मस्यौदा गरेर विधेयक ल्याउँदा छलफल गर्न सहज हुने हुँदा सोही अनुसार सरकारले काम गरिरहेको बताउनुभयो ।

समितिमा लामो समयदेखि दफावार छलफल भइरहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक अझै टुङ्गोमा नपुगेको भन्दै मन्त्री पुनले सरकारको स्प्रिटअनुसार सांसदहरुले विधेयकमाथि छलफल अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कानून निर्माण गर्ने सन्दर्भमा स–साना शब्दहरूमा मात्रै छलफल गरेर समय खेर फाल्न नहुने भन्दै मन्त्री पुनले नवप्रवर्तन मन्त्रालयअन्तर्गत आउने विधेयकहरूको सम्बन्धित विषय विज्ञमार्फत धमाधम मस्यौदा तयार भइरहेको जानकारी दिनुभयो ।
समितिको बैठकमा विधि विज्ञान प्रयोगशाला विधेयकको दफावार छलफल सकिए पनि सबै दफाहरूमा सांसदहरूबिच सहमति जुट्न नसकेपछि मन्त्री पुनले उपसमिति गठन गरेर विधेयक अघि बढाउन प्रस्ताव गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्