तपाईँ सुन्दै हुनुहुन्छः

शेरबहादुर देउवाको स्वागतका लागि काठमाडौँमा भेला हुँदै डडेल्धुराका काँग्रेस नेता-कार्यकर्ता

डडेल्धुरा। नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि डडेल्धुराबाट काँग्रेसका प्रमुख नेता तथा कार्यकर्ताहरू काठमाडौँ पुग्ने क्रम सुरु भएको छ।

पार्टीका जिल्ला सचिव हेमराज चटौतका अनुसार जिल्ला सभापति “भिमवहादुर साउँद, उपसभापति द्धोय डिल्लीराज जोशी, लक्ष्मीप्रसाद अवस्थी महासमिति सदस्य तथा पूर्व राज्य मन्त्री सरस्वती खड्का लगायत, पालिका तथा वडाका पदाधिकारी तथा प्रतिनिधि लगायत सुवेच्छुकहरु देउवाको स्वागतका लागि काठमाण्डौमा भेला हुने भएका छन् । ”

उपचारका क्रममा सिंगापुर हुँदै हङकङ पुगेका देउवा साउन २८ गते दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने कार्यक्रम रहेको छ। 

लामो समयपछि स्वदेश फर्किन लागेका देउवालाई भव्य र स-सम्मान स्वागत गर्न देशभरिबाटै नेता-कार्यकर्ताहरू विमानस्थल पुग्ने तयारी गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button