तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने सम्बन्धमा अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानूनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ ।

आयोगको आज बसेको बैठकले विदेशमा रहेकाको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानूनी व्यवस्था सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरु प्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा कानून, न्याय तथा संसदीय मामिला, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

यसैगरी सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त डा.राजिव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्युरो लगायत निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।दुवै समितिले कार्य प्रारम्भ गरेको मितिले ३० कार्य दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button