तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य एक हजार दुई सयले घट्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य  तोलामा रु एक हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल  एक तोला सुनको मूल्य तीन लाख छ हजार सात सय कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख सात हजार नौ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज  तोलामा रु ३५ ले घटेको छ । आज एक तोला चाँदी रु चार हजार सात सय ४५ मा कारोबार भइरहेको छ भने हिजो रु चार हजार सात सय ८० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार चार सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button