थापालाई ११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य पदक प्राप्त
काठमाडौँ । नेपालका शेखर थापाले ११ औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेका छन् ।
मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान प्याटर्नमा कांस्य जितेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आईटीएफ) का महासचिव घमबहादुर थापाले जानकारी दिनुभयो ।
शेखरसँगै मङ्गोलियाका दोर्जपालाम अयुर्जानान पनि तेस्रो भए । मलेसियाका चिन लुङ काङले स्वर्ण तथा फिलिपिन्सका अमाइज क्रिस्टर लुले दोस्रो भए ।
शेखरले स्पाइरिङतर्फ पुरुष ६५–७० केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा शेखरले पदक जितेनन् ।
शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता हुन् । उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पाइरिङमा रजत जितेका थिए । उनले तेस्रो इन्डो–नेपाल आईटीएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए । तेस्रो जनरल चोइ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हात पारेका थिए ।








प्रतिक्रिया राख्नुहोस्