तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । दैलेखको तल्लोडुङ्गेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्ग ठप्प बनेको छ । दुर्घटनापछि शव र ट्रक घटनास्थलमै रहेकाले राजमार्ग अवरुद्ध भएको हो ।

जिल्लाको गुराँस गाउँपालिका–२, तल्लोडुङ्गेश्वरमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे१ख–३७१० नम्बरको ट्रकले लोहोरे खोलामाथिको पुल क्रस गर्दै गरेको भे१४प–६७१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रेमबहादुर रोकायको घटना स्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रहरीका अनुसार स्थानीय र प्रहरीको सहयोगमा ट्रकमा च्यापिएका मोटरसाइकल सवार रोकायाको शव निकालिएको थियो । मृतकका आफन्त आएपछि शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button