रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी

काठमाडौँ I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उहाँले बताउनुभयो ।

सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्