ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका वडा नं. २, तल्लो डुङ्गेश्वरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार तल्लो डुङ्गेश्वर पुलमा भएको उक्त दुर्घटनामा परी कैलालीको गोदावरी नगरपालिका ८ का ३५ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्रीको मृत्यु भएको हो ।
सुर्खेतबाट सिमेन्टलोड गरी हुम्लातर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकले दुल्लु क्षेत्रबाट आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकललाई पुलमै किचेको थियो । तल्लो डुङ्गेश्वर बीच बजारमै ट्रकको ब्रेक फेल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिनुभयो ।
अनियन्त्रित ट्रकले पुल नजिकैका दुईवटा घुम्ती पसलमा क्षति पुर्याउँदै पुलमा आइपुगेको मोटरसाइकललाई ठक्कर दिएको प्रमुख गुरुले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्