तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली विकास बैंकका तत्कालीन सीईओ शाहसहित तीन जना पक्राउ

नेपालगञ्ज। कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाह, उहाँकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैङ्कको नेपालगञ्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्। उनीहरूलाई नेपालगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

यस प्रकरणमा संलग्न रहेका अन्य केही प्रतिवादी फरार रहेका छन् भने केही व्यक्तिहरू यसअघि नै प्रहरी हिरासतमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button