तपाईँ सुन्दै हुनुहुन्छः

तीन छोराछोरीसहित महिला बेपत्ता

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका–९ मल्लादेहीकी  २९ वर्षीया जयन्ती धामी छोराछोरीसहित बेपत्ता हुनुभएको छ ।

यही साउन ३ गतेदेखि घरबाटै २ छोरी र १ छोरासहित बेपत्ता भएकी जयन्तीका श्रीमान् हिरा धामीले जानकारी दिनुभयो ।  

बेपत्ता भएको एक हप्तापछि माइतमा बस्दै आएको जानकारी पाएको र त्यसपछि त्यहाँबाट पनि बेपत्ता भइसकेको उहाँको भनाइ छ । 

घरबाट गएर डिलालैशैनी– ७ धामीगाउँ माइतमा केही दिन बसेको र त्यसपछि सम्पर्कमा नआएको श्रीमान् हिरा धामीले बताउनुभयो । 

यस विषयमा सोमबार मात्रै पुर्चाैडी नगरपालिका–९ मा रहेको धारी प्रहरी चौकीमा हुलियासहित निवेदन धामीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button