तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा गएराति उहाँको निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिनुभयो।

पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाउनुभएको छ।

नेपाल भाषा परिषद्ले दुई दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो। नेपाल भाषामा उहाँका एक दर्जनभन्दा धेरै कृति प्रकाशित छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button