तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा शाही नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले आज शाहीलाई कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीलाई शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा संसदीय दलका नेता समेत रहनुभएका शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाका १४ र नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यले समर्थन गर्नुभएको थियो । 

दुवै दलको निर्णय र बहुमत सदस्यको समर्थनका आधारमा प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिनुभयो । नेकपा र एमालेबीच भएको सत्ता गठबन्धनमा कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपाले लिने सहमति अनुसार शाही मुख्यमन्त्री बन्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button