जी वान अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई तीन पदक
काठमाडौँ । दक्षिण कोरियामा सम्पन्न सातौं किम उन योङ कप (जी वान) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक रजत र दुई कांस्य पदकसहित कूल तीन पदक जितेको छ ।
महिला पुम्से विधामा सीता तामाङले रजत पदक जितिन् । १२ खेलाडी सहभागी स्पर्धामा लगातार चार चरणमा जित निकाल्दै फाइनल पुगेकी सीता उपाधि भिडन्तमा बुल्गेरियाकी खेलाडीसँग पराजित भइन् ।
त्यस्तै पुरुषतर्फ प्रेम लिम्बु र महिलातर्फ सुशीला राईले कांस्य पदक जित्दै नेपालको पदक संख्या तीन पुर्याए । विश्वका २० राष्ट्रका खेलाडी सहभागी प्रतिष्ठित (जी वान) र्याङ्किङ प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शनले अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको बढ्दो प्रतिस्पर्धात्मक क्षमताको सङ्केत दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्