तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी उपमहानगरपालिकाद्वारा पहिलो पटक भूमि प्रशासन सेवा सुरु

धनगढी । धनगढी उपमहानगरपालिकाले पहिलो पटक भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ। उपमहानगरपालिकाले छुट्टै कार्यालय स्थापना गरी चालू आर्थिक वर्षदेखि भूमि प्रशासनसम्बन्धी सरकारी सेवा प्रवाह सुरु गरेको हो।

उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख भुवन शाहीका अनुसार कार्यालयबाट नापनक्सा, जग्गा लिखत पास र राजस्व सङ्कलन लगायतका कार्यहरू नियमित रूपमा सुरु भइसकेका छन्। पहिले भूमि सुधार तथा मालपोत र नापी कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू अब उपमहानगरपालिकाको भूमि व्यवस्थापन शाखाबाटै प्रदान भइरहेको उहाँले जानकारी दिनुभयो।

सुदूरपश्चिम प्रदेशमै भूमि प्रशासनसम्बन्धी सेवा आफैँले प्रवाह गर्न थाल्ने धनगढी उपमहानगरपालिका पहिलो र एकमात्र स्थानीय तह बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button