तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी टाेली र डा.केसी पक्षविच दाेस्राे दिन पुन वार्ता सुरु

धनगढी। अनसनरत डा.गोविन्द केसी र सरकारी टोली बीच आज दोस्रो दिन वार्ता सुरु भएको छ । 

आइतबार भएको वार्तामा सहमति नहुँदा आज दोस्रो दिन पुन दुई पक्षीय वार्ता सुरु भएको हो । वार्तामा सहभागी स्वास्थ्य सचिव डा.विकास देवकोटाले वार्तामा भर्खरै बसेका छौ, भन्नुभयो ।

आइतबार दिउसोबाट शुरु भएर अबेर राती सम्म चलेको वार्तामा डा.केसीका माग सम्बोधनबारे छलफल केन्द्रित रहेको थियो ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल, सांसद पुकार बम, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा।विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र डा.केसीको तर्फबाट डा.अमृत जैशी, पवन थापा सहभागी रहनुभएको थियो ।

साउन ७ गते धनगढीको श्रीकृष्ण मन्दिर धर्मशालामा अनसन शुरु गरेका डा।केसीलाई स्वास्थ्य अवस्था कमजोर देखिएपछि शनिवार सेती प्रादेशिक अस्पतालको आइसियुमा सारिएको थियो । 

डा।केसीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेजी लगायतका पाँच बुँदे माग राख्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button