बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम
काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठ कायम गरेको छ ।
नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरिएको हो ।
वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको नयाँ संरचनाअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आठ मन्त्रालय रहनेछन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधान बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा मन्त्रिपरिषद्को आज कार्यविभाजन समेत गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्