तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक सात अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ५० अङ्कले बढेर दुई हजार ५९७ दशमलव ८० मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९२ अङ्कले उकालो लागेर चार सय ५६ दशमलव ८६ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले बढेर एक सय ७८ दशमलव ५७ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९३ अङ्कले बढेर एक सय ५४ दशमलव ४३ मा पुगेको छ ।  

आज विभिन्न कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर रु चार अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ मध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ ।

आज एक सय २० कम्पनीको शेयर बढ्दा १५२ कम्पनीको घटेको छ भने तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । 

नेप्सेका अनुसार आज एनआइविएल ग्रोथ फण्ड, फष्ट माइक्रो फाइनान्स, चिख्र्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैङ्क, एनआइसी एसिया फेलेक्सी क्याप फण्ड र भुजुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button