तपाईँ सुन्दै हुनुहुन्छः

सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५० प्रतिशत, २५ हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

नेपालगञ्ज। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले भौतिक प्रगति करिब ५० प्रतिशतमा पुर्‍याएको छ ।

नयाँ सरकार गठन भएको एक सय दिनभित्र करिब १३ किलोमिटर शाखा–प्रशाखा नहर निर्माण सम्पन्न गरी एक हजार हेक्टर भन्दा बढी थप क्षेत्रमा सतही सिँचाइ सुविधा विस्तार गरिएको  छ भने चालु आर्थिक वर्षमा मात्रै करिब दुई हजार पाँच सय हेक्टर थप खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । 

हालसम्म पश्चिम मूल नहरको ४५ किलोमिटर र पूर्वी मूल नहरको ५३ किलोमिटरमध्ये ३७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । यससँगै करिब २५ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा विस्तार भइसकेको छ भने आयोजना सम्पन्न भएपछि बाँकेका ४२ हजार ७६६ हेक्टर खेतीयोग्य जमिनमा भरपर्दो सतही सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो । 

पछिल्लो समय आवश्यक बजेट व्यवस्थापन, जग्गा अधिग्रहण तथा निर्माण कार्यले गति लिएसँगै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने तयारीलाई सरकारले प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button