राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत, विज्ञापन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाइने (पूर्णपाठसहित)
काठमाडौं। सरकारले राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको उक्त नीतिले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित तथा उत्तरदायी बनाउने लक्ष्य लिएको छ।
नीतिमा विज्ञापनलाई उपभोक्तासम्म सही, विश्वसनीय र उपयोगी सूचना पुर्याउने माध्यमका रूपमा परिभाषित गर्दै भ्रामक, झुटा तथा उपभोक्तालाई भ्रममा पार्ने विज्ञापन नियन्त्रण गर्ने व्यवस्था गरिएको छ। साथै, छापा, रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जाल र डिजिटल माध्यममा प्रकाशित तथा प्रसारित विज्ञापनलाई समयानुकूल नियमन गर्ने नीति लिइएको छ।
सरकारले विज्ञापन उद्योगको व्यावसायिक विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन, उपभोक्ताको हित संरक्षण तथा डिजिटल युगअनुसार विज्ञापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले यो नीति कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै, सार्वजनिक स्थानमा हुने विज्ञापनलाई थप व्यवस्थित बनाउने र विज्ञापन क्षेत्रमार्फत रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य पनि नीतिमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्