यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताउनुभएको छ ।
नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ वार्षिक सभा तथा १६ अधिवेशनमा उहाँले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याउनुभयो ।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले प्रदेशका सबै जिल्लाका यातायात व्यवसायी र सवारी लगानीकर्तालाई सडक यातायात क्षेत्रमा आकस्मिक रुपमा हुने समस्या सम्बोधन गर्न साझा प्रयासको खाँचो औँल्याउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाको प्रमुख मीना लामाले लगानीकर्ता आफ्नो सवारीसाधनको सम्पूर्ण जिम्मेवारी बोकेको सवारी चालक र सहचालकको हकहित र अधिकारका लागि विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा हेटौँडा उपमहापालिका–५ यातायात व्यवसायी स्व श्रीचन्द्र शर्माकी धर्मपत्नी सीता पौडेल र पूर्व प्रहरी उपरीक्षक दिलीपराज झालाई सम्मान गरियो ।
अधिवेशनमा उक्त सङ्घको नयाँ नेतृत्वको चयन गर्ने सङ्घका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्