मधेश प्रदेशमा ३३ प्रतिशत धान रोपाइ
जनकपुरधाम । मधेश प्रदेशमा कृषियोग्य भूमिमध्ये ३३ प्रतिशतमा धान रोपाई सम्पन्न भएको छ ।

मधेश प्रदेशका कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार मधेश प्रदेश धान खेती हुने ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर जग्गामध्ये १ लाख २६ हजार ४ सय ३९.१२ प्रतिशतले धान रोपाई भएको हो ।
जिल्लागत रुपमा सबैभन्दा बढी रोपाई सिरहामा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा कम रौतहटमा १६ प्रतिशत धान रोपाई भएको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्