भएका पूर्वसांसद कोइरी पक्राउ
बर्दिबास । कर्तव्य ज्यान मुद्दामा उच्च अदालतबाट कैद सजाय ठहर भएका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले दिनुभएको जानकारी अनुसार बिहीबार साँझ करिब ६ बजे गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट उनलाई पक्राउ गरिएको हो ।
२०७२ भदौ २५ गते ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले असार १७ गते बुधवार गरेको फैसलाबाट पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद सजाय ठहर गरेको थियो ।
फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका पूर्वसांसद कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरी नायव उपरीक्षक गोलेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्