झापामा असार १५ सम्ममा ७ प्रतिशत रोपाइँ
भद्रपुर, झापा। धान उत्पादनमा अग्रणी जिल्ला झापामा यस वर्ष असार १५ गतेसम्ममा ७ प्रतिशत रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टका अनुसार मनसुन सुरु भएयता असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भएकोमा असार १५ सम्ममा ७ प्रतिशत रोपाइँ भएको हो ।
जिल्लामा असार २० देखि साउन १५ सम्ममा ७५ प्रतिशत रोपाइँ भइसक्छ ।
एक लाख ६० हजार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ४५९.१८ हेक्टरमा धान खेती हुने गरेको छ । गत वर्ष ७२ हजार हेक्टर जमिनमा बर्खे धान लगाइएको थियो । ३ हेक्टरभन्दा बढी जमिनमा आकाशे पानीको समस्याका कारण रोपाइँ भएको थिएन । गत वर्ष ३ लाख ५४ हजार मेट्रिक टन बर्खे धान उत्पादन भएको थियो ।
यस वर्ष समयमै पानी परेकोले शतप्रतिशत धान रोपाइँ हुने विष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्