तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा चारवटा विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत भएका छन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्नुभयो । 

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

सभामुख डोलप्रसाद अर्यालले विधेयक प्रस्तुत विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सभामा कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराउनुभयो ।  

यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ सदन समक्ष प्रस्तुत गर्नुभयो ।

बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनु भयो ।

बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथि छलफल भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button