तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कास्की । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले  प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गर्दै यान्त्रीकरणतर्फ जोड दिइएको छ । प्रदेश सरकारले विदेशबाट फर्केका व्यक्तिहरूलाई कृषितर्फ आर्कषण बढाउन सहुलियत प्रदान गर्दै रिटन टु भिलेज कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कृषि एप र एम्बुलेन्स सञ्चालन गर्ने नीति राखेको छ ।  रैथाने बालीहरूको निर्यात प्रवर्द्धन गर्ने योजना समावेश गरेको छ ।

सहरकारी सञ्चालकहरूको प्रशिक्षणलाई निरन्तरता दिएको छ । कृषि बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । जलाधार क्षेत्रको संरक्षण दिगो वन व्यवस्थापन मार्फत हरितगृह उत्पादनमा जोड दिएको छ । प्रदेशमा स्वदेशी काठको प्रयोगलाई बढवा दिइएको छ ।

गण्डकी सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत अघिल्लो वर्षका अधिकांश प्राथमिकतालाई निरन्तरता दिँदै कृषि, पर्यटन, वन तथा पूर्वाधार विकासलाई थप सुदृढ बनाउने घोषणा गरेको हो ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । 

नीति तथा कार्यक्रमको पूर्ण पाठ:

प्रतिक्रिया राख्नुहोस्

Back to top button