जनकपुरधाममा सद्भाव बैठक सम्पन्न
जनकपुरधाम । सुनसरी जिल्लामा घटेको घटनालाई लिएर सामाजिक सद्भावमा पर्न सक्ने असरलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाईमा जनकपुरधाममा सद्भाव बैठक सम्पन्न भएको छ ।

जिल्ला सामाजिक सद्भाव सर्वपक्षीय समितिको बैठकमा सदियौँदेखि स्थापित सामाजिक सद्भावलाई अक्षुण राख्दै नेपालको पहिचानको रुपमा रहेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक युक्त सहिष्णु समाजको राष्ट्रिय पहिचानलाई कायम राख्दै जिल्लाभित्र सामाजिक सद्भाव कायम राख्ने सहमति भएको ।
६ बुँदाको अन्य सहमतिमा धनुषा जिल्ला तथा सदरमुकाममा अवाञ्छित गतिविधि रोक्नका लागि विभिन्न धर्म, समुदायका साथै नागरिक समाजका अगुवा, बुद्धिजीवी, राजनीतिक दल, संघ संस्था तथा स्थानीय तहका जनप्रतिनिधिहरूले निरन्तर पहल गर्ने लगायतका विषय समेटिएका छन् ।
बैठकले सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने किसिमका सामाग्री राख्ने माथि मुलुकी अपराध संहिता ऐन २०७४ एवं विद्युतीय कारोबार ऐन २०६३ तथा अन्य प्रचलित कानून अनुसार कार्यवाही हुने निर्णय गरेको छ ।
यसका साथै कुनै प्रकारको शान्तिपूर्ण विरोधको कार्यक्रम गर्दा स्थानीय प्रशासनसँग पूर्व स्वीकृत लिएर मात्र गर्ने निर्णय जिल्ला सामाजिक सद्भाव समितिको बैठकले गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्