तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख अर्याल र प्रधानमन्त्री शाह तथा दलका नेताहरूबिच भेटवार्ता 

काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र प्रधानमन्त्री वालेन्द्र शाहबिच भेटवार्ता भएको छ ।

सभामुख अर्याल र प्रधानमन्त्री शाहबिच आज भएको भेटमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

यसैगरी सभामुख अर्यालले नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा र नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

उहाँहरूसँगको भेटका क्रममा पनि प्रतिनिधिसभाका कामकारबाहीलाई थप प्रभावकारी, मर्यादित, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

सभामुख अर्यालले मङ्गलवार विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो । 

प्रतिनिधि सभाको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button