तपाईँ सुन्दै हुनुहुन्छः

बजेट उत्कृष्ट छ : रास्वपा महामन्त्री शाह

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले बजेट उत्कृष्ट रहेको बताउनुभएको छ । 

कैलालीको क्षेत्र न(२ को पार्टी कार्यालयमा नेताकार्यकर्तालाई सम्बोधन गर्नुहुँदै महामन्त्री शाहले बजेटमा सुदूरपश्चिमको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

महामन्त्री शाहले पार्टी महाधिवेशनको तयारीमा होमिएको र देशभर पार्टीका अधिवेशन चलिरहेको बताउनुभयो । ‘जनताले रास्वपालाई सरकार, सदन र देशको नेतृत्वमा पुर्याएको छ, जनअपेक्षा सम्बोधन हुने गरि काम गर्नुपर्छ’ उहाँले भन्नुभयो । महामन्त्री शाहले आगामी प्रदेश सभा र स्थानीय तह निर्वाचनलाई लक्षित गरि पार्टी सङ्गठनलाई सुदृढ र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button