तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलबाट गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुभएको छ ।

गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उहाँले बताउनुभयो ।

“यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ । यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button